रबिन दनुवार, भिमटार ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ११ बोडगाउँ स्थित जय नेपाल संस्थाद्वारा सञ्चालित बोडगाउँ मेडिकल सेन्टर इन्द्रावती गाउपालिकाको स्वामित्व रहने गरि सञ्चालन हुने भएको छ । पालिकाले सञ्चालन गर्ने भएपछि बोडगाउँ मेडिकल सेन्टरको नाम रुपान्तरण गरि बोडगाउ आधारभूत अस्पताल राखिएको हो ।
पालिकाको स्वामित्व रहने गरि पालिका र संस्था विचको साझेदारीमा बोडगाउँ मेडिकल सेन्टरलाइको नाम रुपान्तरण गरि बोडगाउँ आधारभूत अस्पताल राखिएको वडा नम्बर ११ का अध्यक्ष रामजी माझीले जानकारी दिनुभयो । सो अस्पतालबाट अस्पताल सरहको आधारभूत तहकै सेवा सुविधाहरु प्रवाह हुने उहाले बताउनुभयो ।
पालिकाको पुर्ण स्वामित्व रहने गरि संस्थाले एक फार्मेसीस्ट र एक ल्याभ असिस्टेन्ट गरि दुई कर्मचारी र बार्षिक १२ लाख अनुदान दिने गरि पालिकालाई मेडिकल सेन्टर हस्तान्तरण गरेको पुर्व वडा अध्यक्ष एवम् संस्थाका व्यवस्थापक मने माझीले बताउनुभयो ।
माझीले संस्थाले बैशाख ३ गते पालिकाको स्वामित्व रहने गरि मेडिकल सेन्टर हस्तान्तरण गरेको बताउदै पालिकाले नाम रुपान्तरण गरि बोडगाउँ आधारभूत अस्पताल राखेको जानकारी दिनुभयो ।
मेडिकल सेन्टरलाई पालिकाको स्वामित्व हुने गरि अस्पतालमा रुपान्तरण गर्दा दीर्घकालीन रुपले अस्पताल सञ्चालन भइ नागरिकले सहजै सेवा लिन पाउने भएकोले व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्नेमा माझीले जोडदिनुभयो ।
मेडिकल सेन्टर २०७३ सालमा स्थापना भएको थियोे । संस्थाले २०७२ को भुकम्प पछि बोडगाउँमा एक घर एक धारा , सिंचाइ , विद्यालय भवन निर्माण ,शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक सहयोग , सुविधा सम्पन्न स्पोर्ट सेन्टर , जिम हल, मुभि ठ्रेतर ,क्याफे , प्राविधिक शिक्षाय निर्माण र मन्टेश्वरी कल्लास लगायत धेरै जनसेवी कामहरू गर्दै आएको थियो ।