भोटेचौरको निबु गाउँमा बुद्ध मुर्ति उद्घाटन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार कार्यक्रम तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौर निबु गाउँमा निर्मित बुद्ध मुर्ति तथा ह्राप्ने कार्यक्रमको शुक्रबार सम्पन्न भएको छ ।मुर्तिको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा लगायातले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख तामाङले मुर्तिसंगै अन्त संरचना निर्माणका लागि नगरले अगामी आर्थिक बर्षमा सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले मेलम्चीको हरेक वडामा सबैको पहिचान झल्कने तथा पर्यटकीय स्थल निर्माण गरि मेलम्चीलाई थप पर्यटनको माध्यमबाट चिनाउन लागि पर्ने बताउनुभयो ।

मेलम्ची नगरपालिकाको ५ लाख र पर्यटन मन्त्रालयको ८ लाख गरि १३ लाखमा मुर्ति निर्माण गरिएको हो । २०७९ फागुनबाट मुर्ति निर्माण थालिएको निर्माण समिती अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिनुभयो ।

यश मुर्ति स्थापना संगै धार्मिक पर्यटन वृद्धि हुने नगर उपप्रमुख उमा प्रधानले बिश्वास ब्यक्त गर्नुभयो । तपचुली लगायत दर्जनौ पर्यटकिय स्थल मेलम्चीमा रहेको बताउदै प्रधानले नगरले सक्दो पर्यटन प्रबर्द्धनमा बजेट बिनियोजन गर्ने बताउनुभयो ।वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, राजनीतिक दलका प्रतिनिधि लगायतले मेलम्ची २ का सबैको आस्थाको केन्द्रको रुपमा बुद्ध मुर्ति रहेको बताउँदै सबै मिलेर संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply