११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतथ्यतामा भएको कार्यक्रममा वडा नं १ देखि ८ को सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम लागर्चे बेत्रावती समुह, द्वितीय भोटेनाम्लाङ महिला समुह र तृतीय थाङपालधाप गोलमेश्वरी महिला समुह त्यसै गरी बाँसखर्क महिला समुहले सान्त्वना स्थान प्राप्त गरेको महिला तथा बालबालिका शाखाका प्रमुख सारदा उप्रेतीले जानकारी दिनुभयो ।प्रथम हुनेले १० हजार, दित्तिय हुनेले ७ हजार तृतीयले ५ तथा सान्त्वनाले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन ।
लोक गायक सूर्यमणि आचार्य र भीमसेन खतिवडाले निर्णायकको भुमिका निर्बाह गर्नुभएको थियो ।