इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, नवलपुर अस्पताल, फेयरमेड र महीला आत्म निर्भरता केन्द्र (MANK) काे सहयोगमा ईन्द्रावती ६ काे बाँडेगाउँ स्वस्थ्य चाैकीमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ ।
शिविरमा सामान्य चेकजाँच गराउने २ सय १५ जना, क्षयराेगकाे परीक्षणका लागि ४५ जनाकाे खकार संकलन गरीएकाे गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिनुभयाे ।
वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्र बहादुर तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नवलपुर प्राथमिक अस्पतालमा डाक्टर धर्मेन्द्र पाण्डेय, ल्याव टेक्निसियन आस्था पराजुली, कुञ्चाेक स्वास्थ्य चाैकी प्रमुख बिकास अधिकारी लगाएतले सहयाेग गर्नुभएकाे थियाे ।
