रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगपालिकाका प्रमुख आइतमान तामाङले नागरीकले राज्यलाई तिर्नुपर्ने कर समयमै बुझाएमा अनाबश्यक झन्झटबाट मुक्त हुने बताउनुभएको छ । अझैपनि आम नागरीक र व्यवसायीहरुलाई करको बारेमा राम्रो ज्ञान नभएकाले अनाबश्यक दुःख भोग्नुपरेको उहाँले बताउनुभयो । मेलम्ची उद्योग बाणिज्य संघको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा संचालित १ दिने करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले उपभोक्ता समिति मार्फत स्थानीय स्तरमा संचालित योजनाहरुमा अनिवार्य प्यान दर्ता चाहिने प्रक्रियाले उपभोक्ताहरुलाई भविष्यमा उत्पन्न हुने समस्या तर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नापतौल तथा गुणस्तर विभागका निरीक्षक निराजन पुडासैनी र आन्तरीक राजश्व कार्यालयका प्रमुख बिश्वराज राईले उपस्थित व्यवसायीहरुलाई नापतौल तथा बिभिन्न करका बिषयमा जानकारी दिनुका साथै व्यवसायीहरुबाट उठेका प्रश्नहरुको समेत जवाफ दिनुभएको थियो । मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर प्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची बजार क्षेत्रका एक सय भन्दा बढी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।