स्थानिय सरकारको महत्व तथा अधिकार धेरै छ : मन्त्री मोक्तान

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
स्थानिय सरकारको महत्व तथा अधिकार धेरै रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री मोक्तानले वडा देखिकै सरकार स्थानिय संग प्रतक्ष्य जोडिएकाले सबै भन्दा नजिकको सरकार स्थानिय सरकार रहेको उहाँको भनाइ छ ।

उहाँले प्रदेश तथा संघका साँसदको बिशेष काम भनेको निति निमार्ण रहेको बताँउदै संगसंगै विकास निमार्णको काममा पनि ध्यान दिने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिर, कुमारी तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, बलेफी गाँउपालिकाकी उपाध्यक्ष सरु लामा राप्रपाका क्षेत्रिय सचिव देवराज गुरुङ लगायतले आफ्नो संस्कृति संरक्षण तथा सम्बद्र्धनमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

धेरै समय अघिदेखि गुम्बा निमार्ण सुरु गरिएको बताउँदै गुम्बा व्यस्थापन समितिका सदस्य आशमान तामाङले बताउनुभयो । उहाँले करिव २ करोड खर्च हुँदा सांसद कोषबाट शेरबहादुर तामाङले १० लाख तथा गुम्बा व्यस्थापनबाट १० लाख बाहेक सरकारी सहयोग कतैबाट धेरै नपाएको गुनासो गर्नुभयो ।

Leave a Reply