नवलपुर ।
महिनावारी स्वस्च्छता दिवसको अवसरमा ईन्द्रावती गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य सम्बन्धि हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कमलदेवी मावि प्रथम स्थान हासिल गरेकाे छ । त्यस्तै, ऐसेलुखर्क मावि, दोस्रो र सिम्पालेश्वरी माविले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको थियो ।
स्वास्थ्य तथा लैङ्गिक सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरुमा स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै खुला रूपमा संवाद गर्न सक्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। साथै गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
पालिका अध्यक्ष झम्क नेपाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १ का अध्यक्ष चिनलाल तामाङ, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, पालिकाका कर्मचारी, सहभागी बिद्यालयका विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।



