मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो । 


गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस गर्न नपाएको उहाँले बताउनुभएको छ । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिकाका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका धेरै नागरिकहरूले घरबार विहीन हुनुका साथै गरिखाने ठाँउ समेत गुमाएका छन् । आक्रान्त बनेका नागरिकको तत्काल पुनस्थापना हुनुपर्नेमा सांसद तामाङले जोड दिनुभएको छ । 


दुई वर्ष भइसक्दा पनि नागरिकहरू पुर्नस्थापित हुन नसकेको उहाँले बताउनुभयो । अब जतिसक्दो छिटो गरी नागरिकको पुनर्स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसका साथै नदी तटबन्ध गरी नागरिकलाई पुरानै अवस्थामा फर्काउनको लागी सांसद तामाङले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

Leave a Reply