चाैतारा
नेपाल लेखापढी कानुन ब्यवसायी यसाेसियसन सिन्धुपाल्चोककाे चाैधाै अधिवेसनले जगत प्रसाद चाैलागाईलाई अध्यक्षमा निर्विराेध निर्वाचित गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा साेम बहादुर कार्की, सचिवमा हरि श्रेष्ठ , सह-सचिवमा धनमान तामाङ , काेषाध्यक्षमा रामप्रसाद नेपाल र सह-काेषाध्यक्षमा पार्वति फुयाल निर्विराेध निर्वाचित भएका छन्। सदस्यहरूमा भने रूपक पुरी, विना राेक्का, सन्ताेष भण्डारी, राजेन्द्र भट्टराई र वाङदाेर्जे तामाङ चयन भएका छन् ।
अधिवेशनकाे उद्घाटन सत्रकाे प्रमुख अातिथ्यता नेपाल लेखापढी कानुन ब्यवसायी सँघकाे केन्द्रिय अध्यक्ष सिताराम दाहालले गर्नुभएकाे थियाे। कार्यक्रमकै अबसर पारेर लेखापढी ब्यसायीबाट अधिवक्तामा नाम निकाल्ने माधवप्रसाद ढकाल, गाेमा घले र प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएकाे थियाे । त्यसैगरी पूर्व अध्यक्षहरू रामप्रसाद गाैतम, हिराप्रसाद नेपाल , ईन्द्रलाेचन धिताल,रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएकाे थियाे ।
