मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ ।
सोही विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित व्यक्तित्व डाक्टर कृष्णप्रसाद सुवेदी, वडा अध्यक्ष पासाङ तामाङ, लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्रलाई नगरपालिकाले विशेष महत्त्व दिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइका लागी विषय विज्ञ नगरपालिकाले नियुक्त गर्न लागेको जानकारी दिदै यसले शिक्षामा गुणस्तरीय परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले विद्यार्थीको शैक्षिक गतिविधिको बारेमा अभिभावक ,शिक्षक, बिद्यालय व्यवस्थापन समिति लगायतले विशेष चासो राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख तामाङले ६० सालको एस एल सि ब्याजले गरेको कामको चर्चा गर्दै शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने बताउनुभयो । नगर प्रमुख तामाङले यो वर्ष बाट टेन्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवी तथा सम्मानित ब्यक्ति डाक्टर कृष्णप्रसाद सुवेदीले जीवनमा सधै सिर्जनशिल र सामाजिक भएर काम गर्न सुझाव दिनुभयो । विगत लामो समय देखी शिक्षा क्षेत्रमा काम गर्दै आउनुभएका सुवेदीले आफ्नो गाउँ आफैं बनाउ भन्ने नारा अनुसारको काम दुवाचौरमा भएको भन्दै उहाँले खुशी ब्यक्त गर्नुभयो । उहाँले दुवाचौर पर्यटकीय स्थल भएकाले मेलम्ची नगरपालिकाले अहिलेको जस्तैगरि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ६० सालको एस एल सि ब्याजले गरेको कार्यको प्रशंसा गर्दै यस्ता कामलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । उप प्रमुख प्रधानले विभिन्न कारणले गर्दा अहिले विद्यालय,समाज घर घरमा डिप्रेसनको सिकार हुनपरेको भन्दै अहिले हरेक बिद्यालयमा मनोपरामरर्स दाता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ्ले एकतको उदाहरण मन्दिर निर्माणले देखाएको बताउनुभयो । उहाँले यस्तै रचनात्मक काम गर्दै सहयोग गर्न समेत आह्वान गर्नुभयो । अध्यक्ष तामाङले वडामा हुने यस्ता विकास निर्माण लगायतका हरेक सकारात्मक कार्यमा साथ दिनको लागी आफु सदैव तयार रहेको बताउनुभयो ।
एन बि श्रेष्ठ कन्स्ट्रक्सनले ५ लाख ५० हजारमा निर्माणको जिम्मा पाएको मन्दिर निर्माणमा २९ जना विद्यार्थीहरुले सहयोग गर्नुभएको मेलम्ची ७ वडा सदस्य एवम् आयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नविन गिरिको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व विद्यार्थी जित तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज सुवेदी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

