रेडियो मिसन, मेलम्ची ।
पौडी खेल्ने क्रममा डुबेर हेलम्बुमा एक बालकको ज्यान गएको छ ।
हेलम्बु गाउँपालिका ४ ग्याल्थुम स्थित मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर इचोक ६ का लाक्पा तामांङका १३ बर्षिय छोरा अजय तामाङको मृत्यु भएको हेलम्बु गाउपालिका ४ का वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो ।
मृतक बालक इष्टपोइन्ट एकेडेमी स्कुलको कक्षा ५ मा अध्यनरत बिद्यार्थी हुन् । हरेक महिनाको अन्तिम आईतबार बिद्यालय बन्द हुने भएकाले छुट्टिको दिन तामाङ साथीहरुसङ्गै पौडी खेल्न खोलामा गएका थिए ।