रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा सामाजिक परिचालन तथा टोल विकास संस्था गठन र परिचालन सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा आयोजित तालिम प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
टोल विकास संस्थान, बालमैत्री स्थानीय शासन तथा परिचालन, वातावरण मैत्री स्थानीय शासन तथा परिचालन, जेष्ठ नागरिक घरदैलो कार्यक्रम, स्वास्थ्य संस्था, कृषि समूहहरू गठन र परिचालन अभियान पालिकाबाट सुरु भइसकेको अधिकृत शर्माले बताउनुभयो ।
सामाजिक परिचालन कार्यक्रममा कृषि, पशु स्वास्थ्य, शिक्षा जस्ता कार्यक्रम जोडिने शर्माले बताउनुभयो । उहाँका अनुसार विगतमा जनप्रतिनिधि बिहिन भएको समयमा राजनीतिक, प्रशासनिक, सामाजिक र विकास निर्माणको नेतृत्व गर्नुपर्ने दायित्व र देश संघियतामा गए पछि हामीले समाल्नु परेको दायित्व जनप्रतिनिधिहरुले सम्हालिसकेको उहाँले बताउनुभयो ।
सामुदायिक बन पालिकाको स्वामित्वमा आएको शर्माले जानकारी दिनुभयो । टोल विकास संस्था समिति, सामुदायिक बन उपभोक्ता समिति , आमा समूह, बाल कल्ब युवा कल्प, बाल सञ्जाल, युवा सञ्जाल जस्ता समितिहरु गठन गर्ने दायित्व तालिमममा सहभागीहरुको रहेको शर्माले बताउनुभयो ।
तालिमको सिकाइ वडामा व्यवहारमा उतार्नु पर्नेमा शर्माले जोडदिनुभयो । तालिमबाट सामाजिक परिचालन, टोल बिकास संस्था समिति गठन, बालमैत्री समिति गठन जस्ता समिति गठन प्रक्रियाको सिकाइ भएको सामाजिक परिचालक नवराज दङ्गालले बताउनुभयो ।
पालिकाले वडाका कर्मचारीहरुलाई थप सिकाइका निम्ति राखेको तालिम उदाहरणीय काम भएको दङ्गालले बताउनुभयो ।तालिममा १२ वटै वडाका पशु प्रविधिक, कृषि प्रविधि र सामाजिक परिचालक उपस्थिति रहेको रोजगार शाखा सहायक संयोजक अग्नि दनुवारले जानकारी दिनुभयो । रोजगार शाखाका संयोजक गोविन्द कोइरालाले लमको सहजिकरण गर्नुभएको थियो ।