रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा भएको शिक्षक भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यामिक विद्यालयले जितेको छ । “शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई गुणस्तरीय जीवन उपयोगी शिक्षा” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ इन्द्रावतीको आयोजनामा भएको फाइनल खेलमा आज ऐसेलुखर्क माध्यामिक विद्यालयलाई पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै भिमेश्वरी माध्यामिक विद्यालय तेस्रो र सिपा तीन धारा माध्यामिक विद्यालय सान्त्वना भएको छ । विजेता टोली ले १० हजार नगद प्राप्त गर्दा उपविजेता बनेको ऐसेलुखर्कले ८ हजारमा चित्त बुझाएको छ । तेस्रो भएको भिमेश्वरी माध्यामिक विद्यालयले ६ हजार र सान्त्वना भएको सिपा तीनधारा माध्यामिक विद्यालय ले ४ हजार नगद प्राप्त गरेको छ ।
राजेश्वरी माविका टिम क्याटेन प्रताप सिंह तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नगदको साथमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पूर्व जिल्ला सभापति विकास लामाले टोलीलाई ट्रफी र खेलाडीहरु लाई मेडल तथा प्रमाणपत्र बितरण गर्नुभएको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेश कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि लामाले भलिबल खेलले सबै शिक्षकहरूको मित्रवत सम्बन्धलाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभयो । स्वस्थ अनुकूलताको बावजुत पनि आफूलाई आयोजकले गरेको निमन्त्रणा नकार्न नसकेको लामाले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामाको साथमा विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम लगायत दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर आयोजना भएको इन्द्रावती गाउँपालिका स्तरीय भलिबल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको प्रतियोगिताको शनिवार नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले उद्घाटन गर्नुभएको थियो ।