चोरी मुद्दाका फरार अधिकारी १४ वर्षपछि पक्राउ

* # अपराध समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।

चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ ।

मेलम्ची नगरपालिका १० का दुर्गा बहादुर अधिकारीलाई आज उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको हो।
सिन्धुपाल्चोक जिल्ला अदालतको गत ०६५ भदौ ११ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय फैसला गरेको थियो ।

प्रहरी टोलीले निजलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेपछि अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply