रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको कार्यक्रमलाई सम्बोधद गर्दै दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का मतदाताका लागि धन्यवाद दिनुका साथै आफु जनताको साझा प्रतिनिधि भएकाले सबैको समस्या समाधानका लागि नितिगत रुपमा नितिनिमार्ण गर्ने तहमा रहेर आवाज उठाउने प्रतिबद्धता समेत जनाउनुभयो ।
सांसद दुलालले चुनावका बेला गरेक बाचाहरु पुरा गर्नका लागि ईमानदार भएर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा उहाँले सहकारीको मर्म र भावना अनुसार काम गर्न र सहुलियतमा ऋण लिएर आर्थिक उन्नति गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका अध्यक्ष झम्क नेपालले सरकारको ३ खम्बे अर्थ नितिमा सहकारी पनि भएकाले गाउँ गाउँमा सहकारी घर घरमा भकारि भन्ने अवधारणालाई मूर्तरुप दिन आग्रह गर्नुभयो । साथै नेपालले सहकारीले सहि नेतृत्वको आवश्यकता महसुस गरिरहेकाले त्यही अनुसारको नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
जुन लक्ष्य र उद्देश बोकेर खोलेका सहकारी संस्था छन् त्यसै अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष नेपालले उहाँले एउटै लक्ष्य र उद्देश्य बोकेर खोलिएका सहकारीलाइ मर्जरको तयारी गरिरहेको उल्लेख गर्दै नमुना लायक सहकारीको रूपमा अगाडी बढ्न सुझाव दिनुभयो ।
गाउँपालिका विकास र समृद्धिको यात्रामा रहेकाले सहकारीको साथ र सहयोगले मात्र यो समृद्धि हासिल गर्न सकिने अध्यक्ष नेपालले बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख शोभना तामाङले सहकारीलाई सफलताको शुभकामना ब्यक्त गर्दै बचत गर्दै ऋण लिएर ब्यबशाय गर्न आग्रह गर्नुभयो ।
उहाँले ऋण लिएको रकम सहि सदुपयोग गर्न समेत आग्रह गर्दै सहकारीले नागरिकको जीवन स्तर उकास्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझि, वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र खाती,समाजसेवि एवम् साहित्यकार जगन्नाथ आचार्य लगायले आफ्नो भनाई राख्नुभएको थियो ।
सहकारीको साधारण सभाको अवसरमा सहकारीको शेयर सदस्य भई जनप्रतिनिधि भएकाहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीका अध्यक्ष प्रताप सिंह तामाङको सभापतित्वमा भएको कार्यक्रम सहकारीका कार्यकारी अधिकृत बुद्धि प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।
सहकारीको चालु आर्थिक बर्षमा कुल शेयर पुजीँ ५४ लाख १५ हजार रहेको छ भने बचतमा १९ लाख ८१ हजार रहेको छ । यसैबिच अधिवेशनबाट बुद्धिप्रसाद आचार्यको अध्यक्षतामा ८ सदस्सीय समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा भरतप्रसाद तिमल्सिना, सचिव नेत्रप्रसाद आचार्य, कोषाध्यक्ष समुन्द्र आचार्य चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पदम तामाङ, शेषकुमारी सापकोटा, बबिता परियार, डोल्मो तामाङ चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
अधिवेशनले लेखा समिति संयोजकमा यादव प्रसाद आचार्य , सदस्यहरुमा मुक्तिनाथ आचार्य र बिन्दा ढुंगाना चयन गरेको छ भने सल्लाहकार समितिमा संयोजक प्रतापसिं तामाङ, भवनाथ आचार्य र रामजी थापा चयन गरेको छ ।