रेडियो मिसन, मेलम्ची ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ मा एक युवकले मादक पदार्थ सेवन गरि अन्धाधुन्ध आक्रमण गर्दा ती जना घाइते भएका छन् । शनिबार दिउँसो मादक पदार्थ सेवन गरि एकान्तमा रहेको इश्वरी पौडेलको घरमा पुगेका सोही स्थानका राजाराम रायमाझीले अन्धाधुन्ध आक्रमण गर्दा पौडेल सहित उनकी बुहारी गंगा पौडेल र छिमेकी मुक्तिनाथ पौडेल घाइते हुनुभएको छ।
मादक पदार्थ सेवन गरि अर्धचेत अवस्थामा घरमा आएपछि बुहारीलाई गंगाले यस्तो अवस्थामा महिला मात्रै भएको घरमा किन आएको भनी फर्काउज खोज्दा रायमाझीले गंगालाइ चिर्पटले आक्रमण गर्न थालेपछि छुट्टाउन आएकी सासू इश्वरीलाइ समेत रायमाझीले चिर्पट प्रहार गरेका थिए । उहाँहरु दुवैजना घाइते भएपनि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो।
उहाँहरुलाइ आक्रमण गरिरहेको देखेपछि छुट्टाउन जानुभएका छिमेकी मुक्तिनाथ पौडेल भने गम्भीर घाइते भएका छन् । रायमाझीले उहाँलाई पनि अन्धाधुन्ध प्रहार गरेका थिए । उहाँहरुलाइ मुक्तिनाथका छोराले हेलिकप्टरमार्फत उद्धार गर्नुभएको थियो । घाइतेको अहिले न्युरो अस्पताल, काठमाडौंमा उपचार भईरहेको छ ।
रायमाझीलाई भने प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्चीमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनिहरुविच कुनै रिसीइवी नभएको र रायमाझीले आवेशमा आएर आक्रमण गरको हुनसक्ने खुलेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।
तस्बिर सौजन्य : राजन धिताल फेसबुक