सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक शैक्षिक धरोहरका रूपमा परिचित श्री सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा श्री सिपातीनघरे संस्कृत गुरुकुलमा निर्माणाधीन मन्दिरको शिलान्यास गरिएकाे छ ।
इन्द्रावती गाउँपालिका–६ का वडा सदस्य खिल प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सम्झना देउजा, विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद आचार्य, सहायक प्रधानाध्यापक गणेश प्रसाद ज्ञवाली तथा गुरुकुलका आचार्य सन्देश कोइरालाको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा गुरुकुलका वटुकहरूले वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक पूजा–अर्चना सम्पन्न गरेका थिए। सो अवसरमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक वातावरण सिर्जना भएको थियो।
निर्माणाधीन मन्दिरले विद्यालय तथा गुरुकुलको शैक्षिक, सांस्कृतिक र आध्यात्मिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
