सिन्धुपाल्चोक ।
मेलम्ची फट्टेमा रहेको ह्युम पाइपमा गएरातिको बर्षा पछि मेलम्ची खोलामा आएको बाढीले क्षती पुर्याएको छ । यस सँगै उक्त स्थानमा सवारीसाधन चलाउन अवरोध सिर्जना भएको छ । अब मेलम्ची हुँदै दुवाचौर,पाल्चोक लगायतका स्थानमा जानका लागी समस्या भएको छ ।
पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।
सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् ।