मंगलबार बाट सुरुभएको सामुदायिक मेलमिलाप सम्बन्धी तिन दिने पुनर्ताजगि तालिम आज सम्पन्न बिहिबार भएको छ ।
सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको आज समापन गरिएको नगरपालिकाले जानकारी दिनुभयो ।
सृचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको तालिमको शोभा वस्नेत र ठाकुर चौलागाँइले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले यस्ता कार्यक्रमबाट मेलमिलापकर्ताहरु सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले गाउँ घरको सामान्य विवाद नगरपालिका सम्म आउन कम भएको उल्लेख गर्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा प्रशासकिय अधिकृत झपेन्द्रराज खरेलले तालिमले शान्त समाज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरुले आगामि दिनमा कार्यसम्पादनमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
सामुदायिक मेलमिलाप केन्द्र मेलम्चीका अध्यक्ष शिव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवि बालकृष्ण देउजाले समाजमा हुने सामान्य विवादहरु समाजमै मिल्न राम्रो हुने बताउनुभयो । उहाँले जितजितको अवस्थामा विवाद समाधान हुने भएकाले मेलमिलाप कार्यक्रम प्रभावकारी समेत हँुदै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागि मेलमिलाप कर्ताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।