विद्यालयको कम्प्युटर मर्मत गर्दै ईन्द्रावती गाउँपालीका

* # पालीका खबर प्रविधि समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर

इन्द्रावती गाउँपालिकाले विद्यालयहरूको कम्प्युटर मर्मत थालेको छ । पालीका भरी रहेका सबै विद्यालयहरूको कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सामानहरू पालीकाले मर्मत गरिदिन लागेको हो ।


पालीकामा रहेका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार र कार्यालयको सेवा प्रवाहमा चुस्तता ल्याउन यो कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । सबैजसो विद्यालयहरूमा शिक्षाक तथा विद्यार्थीहरूको सहजताका लागी यो काम गाउँपालिका आफैँले सुरु गरेको अध्यक्ष नेपालले बताउनुभयो । पालीकाले वार्षिक निती तथा कार्यक्रममा नै समावेश गरेर यो कामको सुरुवात गरिएको उहाँले बताउनुभएको छ ।


पालिकाको तल्ले भेगमा रहेका वडा नम्बर ९, १०,११ र १२ नम्बर वडाको लागी १२ नम्बर वडामा रहेको भिमेश्वरी माविमा मर्मतको काम सम्पन्न भइसकेको छ भने बाँकी रहेका वडाहरुको पालिका भवनमा नै काम भइरहेको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।


पालीका आफैँले गरेको यो कामले आर्थिक भार कम पर्नुका साथै सबै सामानहरू चुस्त दुरुस्त अवस्थामा रहने भएकाले कार्य सञ्चालनमा पनि सहजता आउने उहाँले बताउनुभएको छ । कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर गरी २ सय ७५ माथि सामानको मर्मत हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply