चुनाब प्रचारकालागी कसले के बोल्छ सरोकार भएन मेलम्चीको समग्र बिकासको नेतृत्व नगरले गर्छ : तामाङ

* # पालीका खबर समाचार सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिका आफैले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ ।
निर्वाचनको संघारमा जुन दल वा दलको नेताले जे बोले पनि मेलम्ची नगरपालिकाको समग्र बिकासको नेतृत्व नगरपालिकाले गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको हो । तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “कुन दल वा दलको नेताले के बोल्यो हामीलार्ई सरोकार भएन यहाँको समग्र बिकासको नेतृत्व अब मेलम्ची नगरपालिकाले नै गर्नेछ भन्ने कुरा आम नगर बासीमा बिस्वस्त बनाउन चाहन्छु, ।”

५ बर्ष भित्र आफ्नो नेतृत्वमा मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका सबै सडक संजालहरुको ब्यबस्थापन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मेलम्ची नगर प्रमुखको रूपमा निर्बाचित भएपछी जोखिममा रहेका यस क्षेत्रका मुख्य बजार र सडकहरुको संरक्षणमा प्राथमिकताका साथ उल्लेख्य कामहरु भएको पनि तामाङले बताउनुभएकोे छ।

अब आफ्नो र मेलम्ची नगरपालिकाको ध्यान बाढीले ध्वस्त बनाएको नवलपुर, तिपेनी भोताङ पक्की मोटरबाटो र मेलम्ची फट्टे दुबाचौर बांसखर्क मोटरबाटो निर्माणमा हुने तामाङले जानकारी दिनुभयो । “सोही अनुरुप मेलम्ची नगरपालिकाले दुइवटै पुल निर्माणका लागि कार्यपालिकाले आबस्यक निर्णय र पहल गरिसकेको यहाँहरु सबैलाई जानकारी गराउँदछु,” उहाँले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको भबिस्य जोडिएको हेलम्बु राजमार्गको तालामाराङ खण्ड, बाहुनेपाटी काउलेदोभान, मेलम्ची लगायत यस भेगको लाइफ लाइन सांखु फटकेशोर सडक कालोपत्रे तथा स्तरउन्नतीका लागि आबस्यक प्रक्रिया अघि बढाएको समेत नगरप्रमुख तामाङले जानकारी दिनुभयो ।

मेयर तामाङले फेसबुकमा लेख्नुभएको पोष्ट ।

गत असारमा आएको बाढीले मेलम्ची हेलम्बु क्षेत्रमा अकल्पनीय क्षती भयो, सयौं मानिसहरु घरबार र काम बिहिन बन्न पुग्यो ,बिकासका बलियो पुर्बाधारहरु सडक र ,पुलहरु ध्वस्त भयो ,भर्खर विकसित यहाँका कयौं ग्रामीण सहरहरु बाढीको चपेटामा पर्यो जुन हालसम्म पनि उच्च जोखिम मै छ ।
केही समय अघि मात्रै मेलम्ची नगर प्रमुखको रूपमा म निर्बाचित भएपछी जोखिममा रहेका यस क्षेत्रका मुख्य बजार र सडकहरुको संरक्षणमा हाम्रो नेतृत्वमा प्राथमिकताका साथ उल्लेख्य कामहरु भयो ।
अब मेरो र मेलम्ची नगरपालिकाको ध्यान बाढीले ध्वस्त बनाएको मेलम्ची नवलपुर, तिपेनी भोताङ पक्की मोटरबाटो र मेलम्ची फट्टे दुबाचौर बांसखर्क मोटरबाटो निर्माणमा हुनेछ
सोही अनुरुप मेलम्ची नगरपालिकाले दुइवटै पुल निर्माणका लागि कार्यपालिकाले आबस्यक निर्णय र पहल गरिसकेको यहाँहरु सबैलाई जानकारी गराउदछु।
मेलम्ची खानेपानी आयोजनाको भबिस्य जोडिएको हेलम्बु राजमार्गको तालामाराङ खण्ड, बाहुनेपाटी काउलेदोभान, मेलम्ची लगायत यस भेगको लाइफ लाइन सांखु फटकेशोर सडक कालोपत्रे तथा स्तरउन्नतीका लागि आबस्यक प्रक्रिया अघि बढायएको समेत यहाँहरुलाइ जानकारी गराउदछु ।
५, बर्ष भित्र मेरो नेतृत्वमा मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका सबै सडक संजालहरुको ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।
निर्वाचनको संघारमा कुन दल वा दलको नेताले के बोल्यो हामिलाइ सरोकार भएन यहाँको समग्र बिकासको नेतृत्व अब मेलम्ची नगरपालिकाले नै गर्नेछ भन्ने कुरा आम नगर बासीमा बिस्वस्त बनाउन चाहन्छु ।

Leave a Reply