मेलम्ची ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको प्रचार प्रसारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ ले चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । मेलम्चीमा शनिवार भएको क्षेत्रिय स्तरको कार्यकर्ता भेलाले सो कमिटि गठन गरेको हो । क्षेत्रिय कमिटिमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङको संयोजकत्व रहने गरि कमिटि बनेको हो ।
यसैबिच राप्रपा सिन्धुपाल्चोक २ ले पालिका स्तरिय कमिटि समेत गठन गरेको छ । क्षेत्र नं २ का ५ वटै पालिकामा कमिटि गठन भएको हो ।
राप्रपाले इन्द्रावती गाउँपालिकामा चक्र बहादुर अधिकारी र चौतारा साँगाचोकगढी नगरपालिकामा शेर बहादुर ठकुरी संयोजक रहनेगरी १३ १३ सदस्यिय कमिटी गठन गरेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा शुरेस तामाङ र पाँचपोखरी थाङपाल गाउँपालिकामा नातीकाजी सापकोटालाई संयोजकको जिम्मेवारी दिँदै ९ ९ सदस्यिय कमिटी गठन गरेको छ । मेलम्चीमा पनि बद्री चौलागाईको संयोजकत्वमा ५ सदस्यिय कमिटी गठन गरेको छ ।
मेलम्चीमा १३ सदस्यिय निर्वाचन उपसमिति समेत गठन भएको क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो ।