सांकेतिक तस्बिर
जुगल ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका एक बालकको ज्यान गएको छ । नेपाल सरकारबाट बितरण भएको जुकाको औषधी र भिटामिन ए खुवाउँनेक्रममा सर्कदा सुप्पा लामाको छोरा बर्ष ३ का सम्शेर लामाको ज्यान गएको स्थानिय विष्णु लाल दोङले जानकारी दिनुभयो ।
स्थानिय स्वयमसेविकाहरु सँग लमु लामा र सँग लमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चाहरुलाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी खुवाउँदा सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्वुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटे तर्फ लगिएको थियो ।
विहान ११ बजेर ५६ मिनेटको समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. संजिब खड्काले बालकको मृत्यु भई सकेको बताउनुभएको थियोे । मृतक बालकको शव पोस्टमार्ट्मको लागि चौतारा अस्पतालमा राखिएको छ ।