इन्द्रावती गाउँपालिकामा पनि राष्ट्रिय शोक दिवस मनाइयो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिकाले विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय शोक दिवस मनाएको छ।

नेपाल सरकारले २०८३ भदौ १० गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेअनुसार गाउँपालिकाले पनि शोक दिवस मनाएको हो।

शोक दिवसका अवसरमा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकको आत्माको चिरशान्तिको कामना गर्दै गाउँपालिकाले शोक व्यक्त गरेको छ।

गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति पनि गाउँपालिकाले सहानुभूति प्रकट गरेको जनाएको छ।

विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकसँग स्थानीय सरकार साथमा रहेको सन्देशसमेत गाउँपालिकाले दिएको छ।

Leave a Reply