नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति बिकास लामाले स्वतन्त्र उठ्ने चेतावनी दिनुभएको छ । पूर्व सभापति लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामाले गठबन्धनले क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालबाट १० मिनेट पछि उक्त अभिव्यक्ति हटाउनुभएको थियो । सिन्धुपाल्चोकमा गठबन्धन नबन्ने सङ्केत नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दिँदै आइरहनुभएको थियो । यो सँगै अब सिन्धुपाल्चोकमा गठबन्धनमा किचलो देखिएको छ । काँग्रेसको दुवै निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान छ ।
उता माओवादी केन्द्रको पनि पाए दुवै क्षेत्र नभए एक निर्वाचन क्षेत्र भए पनि आफूहरुले पाउनुपर्ने अडान छ । गठबन्धनमा भागबण्डा नमिले सिन्धुपाल्चोकका गठबन्धन दलमा आवद्ध नेताहरुको स्वतन्त्र उम्मेदवारी दिने मनसाय देखिन्छ ।