२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो ।


कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष गणेश बहादुर तामाङ, तामाङ संस्कार संस्कृति विज्ञ खोजराज गोले तामाङ लगाएत अन्य वडाका जनप्रतिनीधीहरु र स्थानियको सहभागिता रहेको थियो ।

आज सम्पन्न पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गरेको बताउनुभयो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको प्रतिक भएको प्रमुख तामाङको भनाई थियो ।


सबै धर्मको सार भने एउटै रहेको प्रमुख तामाङको तर्क थियो । व्यक्तीले स्वतन्त्रता पुर्वक आफुले रुचाएको धर्म मान्न पाउने उहाँको भनाई थियो । सबै धर्मको शंरक्षण र संवद्धनमा पालिकाले समान रुपमा काम गरीरहेको तामाङले बताउनुभयो । नम्डोलली· गुम्बाको लागि अघिल्लो आर्थीक बर्षमा पनि केहस् सम्बोधन गरेको र आगामि बर्षहरुमा पनि सहयोग गदैृ जाने उहाँले बताउनुभयो ।


कार्यक्रममा कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले धर्म सम्बन्धि प्रवचन दिनुभएको थियो भने तामाङ संस्कार संस्कृति विज्ञ खोजराज गोले तामाङले भाषा र संस्कृतिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम गुम्बा व्यावस्थापन समितिका अध्यक्ष नाेर्वु लामाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

Leave a Reply