एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी खतिवडा सहित ४२ जना रास्वपा प्रवेश

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

काठमाण्डाै, मेलम्ची नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी लुमडी राज खतिवडा एमाले परित्याग गरि रास्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ ।

काठमाण्डाैमा शनिवार आयाेजित एक कार्यक्रममा खतिवडा सहित ४२ व्यक्ति रास्वपा प्रवेश गरेकाे रास्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ का सभापती दिपक आलेमगरले जानकारी दिनुभयाे । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादि केन्द्र परित्याग गरि रास्वपाका प्रवेश गरेकाे उहाँकाे भनाई छ ।

सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क बिभागकाे समन्वय र मेलम्ची ५ काे आयाेजनामा भएकाे कार्यक्रममा सांसद सन्ताेष परियार, प्रदेश सभापती डा अच्युतम लामिछाने, पार्टी सभापती रवि लामिछानेका सल्लाहकार प्रमाेद न्याैपाने लगायतकाे सहभागीता थियाे । “हाल सम्म सिन्धुकाेटमा ८९ जनाले पार्टी सदस्यता लिनुभयाे, २५ जना लिने क्रममा हुनुहुन्छ”, आलेमगरले भन्नुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नवप्रवेशी खतिवडाले अवकाे दिन रास्वपाकाे भएकाे उल्लेख गर्नुभयाे । “अब नागरिकले परिवर्तन चाहन्छ । हामी परिवर्तनकाे लागी अभियान लिएर जनतामाझ जान जरूरी छ”, उहाँले भन्नुभयाे ।

जेठ २६ गते जन्मदिनकाे दिनमा रास्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्यता लिएकाे बताउँदै खतिवडाले यहि दिनबाट आफु रास्ट्रिय स्वतन्त्र पार्टीमा जन्मेकाे उद्घाेष गर्नुभयाे । पार्टीमा आफुले सकेकाे कर्तव्य पूरा गर्ने उहाँकाे भनाई छ ।

Leave a Reply