राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकले नयाँ जिल्ला नेतृत्व पाएको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट माया गुरुङ जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ।
सभापतिमा गुरुङसहित पाँच जनाको उम्मेदवारी परेको थियो। मतदानमार्फत प्रतिस्पर्धा गरेकी गुरुङले जिल्ला नेतृत्वको जिम्मेवारी आफ्नो पक्षमा पार्न सफल हुनुभएकाे छ । गुरुङ रास्वपा सिन्धुपाल्चोककी संस्थापक सभापतिसमेत हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनपछि पार्टीबाट राजीनामा दिएर बस्नुभएका गुरुङ पुनः जिल्ला नेतृत्वमा फर्किएकी हुन्।
नयाँ नेतृत्व चयनसँगै सरोजा श्रेष्ठ उपसभापतिमा निर्वाचित हुनुभएकाे छ। सचिवमा राजीव हमाल यसअघि नै निर्विरोध चयन भइसकेकाे थियाे भने सहसचिवमा विदुर खड्का निर्वाचित हुनुभएकाे छ।
यस्तै, जिल्ला सदस्यमा गोर्कण विक्रम सिलवाल, पास तेम्बा शेर्पा, नन्दलाल श्रेष्ठ, नमराज भट्टराई र प्रदीप सिलवाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
