नवलपुर
एउटै उद्देश्य भएका सहकारीहरुलाई मर्जरमा लैजाने दृष्टिकोण गाउँपालिकाले लिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभएको छ ।
“एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने त्यो मर्ज हुनपर्छ । सहकारीलाई मर्जरमा लैजाने दृष्टिकोण गाउँपालिकाले लिएको छ,” श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो ।
हाल इन्द्रावती गाउँपालिका भित्र ७४ वटा सहकारी दर्ता भएको नेपालले बताउनुभयो । तर एक दर्जन पनि कृयासिल नभएको उहाँले जानकारी दिनुभयो । “९ वटा सहकारी मात्र इन्द्रावतीमा क्रियाशिल छन् । सहकारी दर्ताको औचित्य के हो । दर्ता मात्र गरेर भएन जनतालाई सेवा गर्ने सहकारी हुनपर्याे,” अध्यक्ष नेपालले भन्नुभयो।
सरकारको ३ खम्बे अर्थनिति अन्तर्गत सहकारी पनि एक हो । सहकारीले देश बिकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने नेपालको भनाई छ । ’सरकारले गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी भन्ने नारा समेत ल्याएको थियो’, नेपालले स्मरण गराउनुभयो ।