नेविसंघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पवन घोरासैनीले  चौलागाईंलाई उपाध्यक्षको जिम्मेवारी दिनुभएको हो । शुक्रबार एक कार्यक्रमको बिचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको रोहबरमा नेपाल विद्यार्थी संघले पूर्णता पाएको छ ।

उपाध्यक्षमा मनोनित भएका दिनेश चौलागाईं २०६५ सालदेखि २०६९ सालसम्म राजेश्वरी माविको इकाई सभापतिमा रहेर काम गर्नुभएको थियो भने साविकको क्षेत्र नम्बर २ मा २०६९ सालमा क्षेत्रिय उपसभापतिको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । पार्टीको क्षेत्रिय प्रतिनिधि हुँदै पार्टी तथा नेपाल विद्यार्थी संघको सक्रिय राजनीति गरिरहनुभएका चौलागाईंलाई हाल नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा नेविसंघ जिल्ला कार्यसमितिले पूर्णता पाएको हो । बस्नेतले चौलागाईंलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply