सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा इन्द्रावती गाउँपालिका–१० का अध्यक्ष रामचन्द्र घिमिरे र ११ का वडा अध्यक्ष रामजी माझी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयको शैक्षिक इतिहास, योगदान र भावी योजनाबारे चर्चा गर्दै विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply