बुढी चौर कप फुटबल प्रतियोगितामा आज ५ खेल हुने 

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 
इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढी चौर कप फुटबल प्रतियोगिता २०८० मा आज दोस्रो दिन समूह चरणका ५ खेल हुने भएको छ ।

आज हुने पहिलो खेलमा सिप टार यूथ क्लब इन्द्रावती ९ र आयोजकको सि टोली बिच बिहान १० बजे भिड्नेछन् । त्यस्तै डुमिनडाँडा इन्द्रावती ७ र इन्द्रावती ५ बिहान ११ : १५ बजे, आयोजकको ए टिम र कलिका यूथ क्लब इन्द्रावती ९ दिउँसो १ : १५ बजे, इन्द्रावती ४ र इन्द्रावती ९ दिउँसो २ : ३० बजे र इन्द्रावती ३ र इन्द्रावती ५ सुर्य कोट ३ : १५ बजे खेल्ने आयोजक क्लबका सल्लाहकार मदन कुमार भट्टराईले जानकारी दिनुभयो ।

उद्घाटन खेलमा हिजो इन्द्रावती ८ ले ३ गोल गर्दै सृजनशील युवा समाज बी लाई पराजित गरेको थियो । हिजो भएको अन्य खेलमा इन्द्रावती १२ को ए टोली र इन्द्रावती ११ को ए टोली विजयी भएका छन् । उनीहरूले क्रमशः इन्द्रावती २ र इन्द्रावती १२ को ए टोलीलाई पराजित गरेको हो ।

२१ टिम  सहभागी प्रतियोगिता खेल ४ दिन सम्म चल्ने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नक आउट प्रक्रियाबाट खेलाइने आयोजकले जनाएको छ । 

Leave a Reply