सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउपालिका – १ जलबिरेको बलेफी ढाडे भित्री सडकखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएका छन् ।
सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिनुभयो।
उहाँका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् ।
उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका – २ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका(२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए ।
सडकमाथि भिरबाट लेदो सहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४ः४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ ।
जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्ने भन्दै खोजी सुरु भएको प्रहरीले जनाएको छ ।
खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।