थाइल्याण्डमा मेलम्चीका शशांकलाई रजत पदक

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।

थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सिन्धुपाल्चोक मेलम्ची ७ का ११ बर्षीय शशांक तामाङले रजत पदक जित्नुभएकाे छ । २८ देशका ३८ सय भन्दा धेरै खेलाडीहरु सहभागि प्रतियोगिताको पाँचौ समुहमा ११ बर्ष मुनिको व्यक्तिगत पुम्से तर्फ उहाँले उत्कृष्ट प्रर्दशन गर्दै दोश्रो स्थान हासिल गर्न सफल हुनुभयाे ।

न्यू गोकर्णेश्वर तेक्वान्दो एकेडेमिमा कोच मुना मगरसंग प्रशिक्षणरत तामाङले जितपछि नेपालको राष्ट्रिय झण्डा फहराउँदै खुशियाली बाँड्नुभएकाे थियाे । शशांकको यस उपलब्धिले घरपरीवार, मेलम्ची नगरवासी र सम्पूर्ण नेपालीमा गौरवको अनुभूति दिलाएको उनका बुबा शिर बहादुर तामाङले बताउनुभयो । खेल क्षेत्रमा सानो उमेरमै यस्तो सफलता पाएकोमा उनको सबैतिर अहिले प्रशंसा भैरहेको छ ।

Leave a Reply