गाइपाइलेमा सुक्खा पहिरो जाँदा अबरुद्ध सडक खुल्यो

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने अवरुद्ध सडक खुलेको छ ।

पाँचपोखरी थाङपाल-६ मा पर्ने गाइपाले भन्ने स्थानमा सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । विहान करिब ९:४० बजे माथितिरबाट पहिरो झर्दा यो सडक अवरुद्ध बनेको थियो । अबरुद्ध सडक १ बजे खुलेको पाँचपोखरी थाङपाल गाँउपालिकाको कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो ।

यो पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइन सडक हो । यहाँबाट गाउँपालिकाका मानिसहरु काठमाडौं आवातजावत गर्ने र अत्यावश्य सामनहरु लैजाने गर्छन् ।

सडक पूर्ण रुपमा अवरुद्ध बन्दा स्थानीयको जनजीवन प्रभावित भएको थियो ।

Leave a Reply