हार्ट अफ नेपालद्वारा विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हार्ट अफ नेपालद्वारा इन्द्रावती गाँउपालीकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको छ ।


हार्ट अफ नेपालले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाको वडा न ७ को २ वटा विधालय, वडा न १२ को ४ विधालय गरी जम्मा ६ वटा विधालयमा अति विपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री, विधालय पोसाक, जुत्ता, कपी, झोला कलम र पेन्सिल वितरण गरेको हार्ट अफ नेपाल संस्थाकी संयोजक जयन्ति सापकोटाले जानकारी दिनुभयो ।


संस्थाले ६ वटा विधालयको अति विप्रन ३०० बिधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।


संस्थाले वडा न ७ को राजेश्वरी मा वी मा ६५ जना, बालबालीका सुधारमा ५० जना, त्यसैगरी वडा न १२ श्री ढोटार आधारभूत विधालयमा ४० जना, श्री पञ्चकन्या आविमा ३० जना, श्री इन्द्रावती आविमा ४५ जना र श्री भिमेश्वरी माध्यमिक विधालयमा ७० जना गरी जम्मा ३०० जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरीएकोे छ ।


छात्रवृति वितरण कार्यत्रममा विधालय व्यवस्थापन समिति, जनप्रतिनिधी, शीक्षक र अभिभावकको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply