नवलपुर ।
नवलपुर माध्यामिक बिद्यालयको अध्यक्षमा पुनः शेर बहादुर तामाङ चयन हुनुभएको छ । इन्द्रावती गाउँपालिका–४ स्थित नवलपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि शेरबहादुर तामाङ पुनः चयन हुनुभएको हो ।
समितिको सदस्यहरूमा विन्दा खोखाली, राकेश कायस्थ, बोलमान लामा, राजु तामाङ र डोल्मा तामाङ चयन हुनुभएको छ । समितिका जेष्ठ सदस्य राकेशराज कायस्थको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गर्दै आगामी तीन वर्षका लागि तामाङलाई अध्यक्षमा चयन गरेको हो । बैठकमा समितिका सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति र सहमतिमा तामाङलाई पुनः अध्यक्षमा दोहोर्याउने निर्णय पारित गरिएको हो ।
शिक्षा नियमावली २०७९ र शिक्षा ऐन २०२८ को संशोधन अनुसार धारा २६ बमोजिम निर्णय गरिएको हो । तामाङ अधिल्लो कार्यकाल देखि नै विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा हुनुहुन्छ ।