रेडियो मिसन, नवलपुर
इन्द्रावती गाउँपालिकाका वडा नम्बर ४ टाकुरे आगलागी पीडितलाई अमेरिका बस्दै आउनुभएका समाजसेवी राम श्रेष्ठ तथा पार्वति श्रेष्ठले ५० हजार नगद सहयोग गर्नुभएको छ ।
टाकुरे स्थित रामकृष्ण गजुरेल तथा सावित्री सापकोटा (गजुरेल) को घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा उहाँले दुख व्यक्त गर्नुभएको छ । आफूले यो दुखको घडीमा केही सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
आज मेलम्चीका व्यावसायी मनोज अधिकारीको समन्वयमा सो सहयोग रकम पीडितलाई हस्तान्तरण गरीएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका घर भई हाल अमेरिका बस्दै आउनुभएका राम श्रेष्ठ तथा पार्वति श्रेष्ठले यसअघि पनि विभिन्न समयमा आईपरेको विपद तथा जटिल रोग लागेकाहरूलाई उपचारमा सहयोग गर्दै आउनुभएको छ । साथै उहाँले सामाजिक कामहरूमा पनि सहयोग गर्दै आउनुभएको छ ।
सहयाेग रकम बुझ्दै पिडित रामकृष्ण जगुरेलले आफू दुखमा परेकाे र भएको क्षतिमा आफु मात्रै नभई साथमा सबै रहेकाे बताउनुभयाे । बिदेशबाट पनि आफुलाई सहयाेग गरेकाेमा राम श्रेष्ठलाई धन्यवाद दिनुभएकाे छ । साथै याे सहयाेग कहिल्यै नभुल्ने पनि बताउनुभयाे ।
हस्तान्तरणकाे क्रममा बाेल्दै व्यावसायि मनाेज अधिकारीले अब आउने दिनमा व्यावसायलाई पुरानै अवस्थामा लान सहयाेग गर्ने राम श्रेष्ठ तथा पार्वती श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभएकाे छ । दुखमा परेकाे बेलामा सबैले सहयाेग गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
यही माघ १९ गते शुक्रबार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।