बन्ने भयाे इन्द्रावती सबस्टेशन भवन, निर्माणको लागि बोलपत्र आह्वान

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । गतबर्षको बाढीले क्षति पुगेपछि बन्द भएको इन्द्रावती सवस्टेशन पुनः संचालनको लागि भवन निर्माण हुने भएको छ । गतबर्षको अविरल बर्षासंगैको बाढीले सवस्टेशनको भवनलाई पुर्ण क्षति पु¥याएको थियो भने फिडर,व्याट्री व्यापअप लगायतको केही इलोक्ट्रोनिक्स सामाहरु बढीले बगाएको थियो ।


भवन निर्माणका लागि नेपाल विधुत प्राधिकरण, खिम्ती ग्रिड शाखा देवीटार, रामेछापले ठेक्का आह्वान गरेको हो । ११ किलोभार नियन्त्रण राष्ट्रिय सवस्टेशन भवन निर्माण को लागि बोलपत्र आह्वान भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ । भवन निर्माणका लागि साउन ०८ गते प्रकाशित सुचना अनुसार ठेक्का नम्बर KGB2082/083-01 मार्फत कर बाहेक ५२ लाख १८ हजार ६०५ रुपैँयाको बोलपत्र आह्वान भएको हो ।

सवस्टेशन संचालन नहुँदा सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु र इन्द्रावती गाउँपालिकाका स्थानीयको दैनिक जिवन नै प्रभावित भईरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । उहाँले बाढीका कारण बन्द भएको सवस्टेशन पुनः संचालन र समयमै भवन निर्माण सम्पन्न गर्नका लागि सबैपक्षले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

गतबर्षको बाढीपछि नेपाल विधुत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्र मेलम्चीले लामो दुरीको प्रशारण लाइन मार्फत बिधुत प्रशारण संचालन गरेपनि बिधुत प्रवाह नियमित र आबश्यक भोल्टेजको नहुँदा उद्योेग, कलकारखाना, दुग्ध चिस्यान केन्द्र लगायत संचालन हुन कठिन भइरहेको छ । जसकारण स्थानीय,उद्योगी, व्यवसायीहरुले समेत सास्ती खेपिरहेका छन् ।

बाढीपछि इन्द्रावती जलविधुत आयोजनाले सवस्टेशन तथा पावरहाउस संरक्षणको लागि खोला किनारमा पक्कि पर्खाल बनाएसंगै आयोजनाले उपलब्ध गराएको जमिनमा नेपाल विधुत प्राधिकरणले सवस्टेशन निर्माण गर्न लागेको हो ।

Leave a Reply