रेडियो मिसन, दुवाचौर ।
मेलम्ची नगरपालिका वडा नं ७ दुवाचौरलाई लाई बालमैत्री वडा घोषणा गरिएको छ । मेलम्ची नगरपालिकाको सान बालमैत्री स्थानीय शासन हाम्रो अभियान भन्ने मूल नारा सहित आज एक कार्यक्रम गरि वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागी हुनपर्ने ५१ सूचक पुरा गरी बालमैत्री वडा घोषणा गरिएको हो । दुवाचौरलाई जिल्लामै दोस्रो र नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो । यसअघि चौतारा साँगचोकगढी नगरपालिका वडा नम्बर १३ लाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको थियो ।
कार्यक्रममा वडा सचिव ईश्वरी प्रसाद तिमल्सिनाले बालमैत्री वडा घोषणा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सचिव तिमल्सिनाले बालमैत्री वडा घोषणा सँगै बालमैत्री स्थानीय शासन लागू भएको जानकारी दिनुभयो । यसले वडामा सुशासन कायम गर्न र दिगोपनाको लागी योजना तयार पारिएको उहाँको भनाई थियो ।
नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र राज खरेलले यसपछि छिट्टै ५ र ८ नं वडा लाई बालमैत्री वडा घोषणा गर्ने कार्यमा अघि बढेको बताउँदै सबै वडाहरुलाई बालमैत्री वडा घोषणा गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आइतमान तामाङले मेलम्चीलाई जिल्लाकै पहिलो बालमैत्री पालिका घोषणा गर्ने योजना रहेको र अब ५ नं वडा पनि छिटै बालमैत्री वडा घोषणा हुने चरणमा रहेको बताउनुभयो । मेलम्ची नगरपालिकालाई समृद्ध बनाउने अभियानमा लागेको बताउँदै मेलम्चीमा पुल बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । नगर उपप्रमुख उमा प्रधानले २०७९ मा वडा बालमैत्री घोषणा सुरुवात गर्ने उद्देश्य पूरा भएको बताउँदै अन्य वडा पनि क्रमशः घोषणा गरिने बताउनुभयो ।
प्रमुख अतिथि मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ, सभापति वडा अध्यक्ष पासाङ तामाङ साथै कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान लगायतको उपस्थिति रहेको कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, पूर्व जिल्ला समन्वय समिति सभापति कृष्णगोपाल तामाङ, पूर्व नगर उप प्रमुख भगवती नेपाल विभिन्न वडाका वडा अध्यक्षहरुले वडा नं ७ लाई नगरको पहिलो र जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा शुभकामना दिनुभयो ।