हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु ।

हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गरिएको छ। आज एक कार्यक्रमका बीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जन शेर्पाले पालिका भवनको शिलान्यास गरेका हुन् ।

२३ करोड १९ लाख लागत अनुमान रहेको उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको उक्त भवनको सिलन्यास गरिएको हो।

प्यागोडा शैलीमा निर्माण हुने उक्त भवन कलात्मक र बौद्ध तथा हिन्दू धर्म झल्किने विभिन्न कलाकृतिहरू समावेश गरी आकर्षक देखिने गरी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिए।

भवन साढे तीन तलाको हुने, हरियाली तथा रमणीय वातावरणको बीचमा सबैलाई पायक पर्ने र वडा नम्बर ३ बाहेक सबै स्थान देखिने उच्च स्थान वडा नम्बर २ बाहुन ढोडेनीमा बन्न लागेको उक्त भवन प्रशासनिक सहजता तथा अपाङ्गमैत्री बन्ने गाउँपालिकाले जनाएको छ।

भवनको आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष अप्सरा लामिछाने, विभिन्न वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा कर्मचारीहरू र स्थानीय लगायतको उपस्थितिमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

Leave a Reply