दुग्ध उत्पादन प्रोत्साहनका लागि किसानलाई अनुदान वितरण

* # समाचार समाज सिन्धुपाल्चोक

दुग्ध उत्पादन प्रोत्साहनका लागि किसानलाई अनुदान वितरण गरिएको छ ।


मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारबाट शसर्त अनुदान प्राप्त उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड, भोटेचौरमार्फत वडा नं. १ र २ का किसानलाई अनुदान वितरण गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा सुर्यमुखी सहकारीमार्फत दुध बिक्री गर्ने किसानहरुलाई प्रति लिटर १ रुपैयाँ ५० पैसाका दरले अनुदान वितरण गरिएको छ।

सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंले अनुदान वितरण सम्बन्धी जानकारी दिनुहुँदै किसानको उत्पादनमा आधारित आय वृद्धिका लागि सहकारीले निरन्तर पहल गर्दै आएको बताउनुभयो।

अनुदान वितरण कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा , सहकारीका पदाधिकारी, कर्मचारी तथा किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply