सिन्धुपाल्चोकमा दुईवटा इलाका प्रशासन कार्यालय आवश्यक : पूर्वमन्त्री शेरबहादुर तामाङ

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला भौगोलिक दृष्टिले विशाल र विकट भएकोले जनतालाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले मेलम्ची र बाह्रबिसेमा इलाका प्रशासन कार्यालय स्थापनाको माग अघि सारिएको छ।

पूर्वमन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङले गृहमन्त्रालयमार्फत मेलम्ची र बाह्रबिसेमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाउन सहजीकरण सुरु गर्नुभएको हो । स्थानीय जनताको सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि यो आवश्यक भएको तामाङको भनाइ छ।

तामाङले मुख्य सचिवसमक्ष बुझाएको पत्रमा स्थानीय पालिका र जिल्ला सुरक्षा समितिको सिफारिसमा, अर्थ मन्त्रालयको सहमतिमा र मन्त्रिपरिषद्को निर्णयबाट यस प्रस्तावलाई अघि बढाउन अनुरोध गरिएको छ। “सरकारले जनतालाई दिने सेवा सुविधा छिटो, सरल र प्रभावकारी बनाउन आवश्यक भएकाले सिन्धुपाल्चोकमा दुई इलाका प्रशासन कार्यालय स्थापना गर्नु अपरिहार्य देखिन्छ,” पत्रमा उल्लेख गरिएको छ।

प्रस्तावित इलाका प्रशासन कार्यालय अन्तर्गत समेटिने पालिकाहरू:

१. मेलम्ची इलाका प्रशासन कार्यालय:

हेलम्बु गाउँपालिका

पाँचपोखरी थाङपाल गाउँपालिका

मेलम्ची नगरपालिका

इन्द्रावती गाउँपालिका (वडा नं. ४ देखि १२ सम्म)

२. बाह्रबिसे इलाका प्रशासन कार्यालय:

भोटेकोसी गाउँपालिका

बाह्रबिसे नगरपालिका

त्रिपुरासुन्दरी गाउँपालिका

लिसाङखुपाखर गाउँपालिका

बलेफी गाउँपालिका (वडा नं. ८)

सुनकोसी गाउँपालिका (वडा नं. ६ र ७)

तामाङले सम्बन्धित सबै सरोकारवालाहरुलाई प्रक्रियालाई सहज र सफल बनाउन सहयोग गर्न पनि अनुरोध गरेका छन्। यदि मन्त्रालयहरूबाट सहमति प्राप्त भयो भने छिटै सिन्धुपाल्चोकमा प्रशासनिक सेवा पहुँचयोग्य र प्रभावकारी हुनेछ।

Leave a Reply