मेलम्ची बजारमा आगलागी हुंदा ३ पसल पुर्ण रुपमा नष्ट, करोडौंको क्षती

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा पुर्ण क्षती पुगेको छ । मध्यराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा लिईएको हो ।


मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटल आगलागीमा परी पुर्ण रुपमा क्षती भएको छ । एकै घरमा रहेका तिन पसलहरुमा आगलागी हुंदा घरमा पनि क्षती भएको छ । तिनवटै पसल गरी जम्मा १ करोड ९४ लाख ७७ हजार बराबरको धनमालमा क्षती पुगेको छ भने १ करोड ५० लाख बराबरको घर पनि बस्न अगोग्य भएको छ ।


“मध्यराती एक्कासी आगो लाग्यो, हेर्दाहेर्दै तिनवटै पसलमा आगो दन्कीयो, बजारमा भएकाहरुले निभाउन हर प्रयास गरीयो तर केही पनि बचाउन सकीएन” मेलम्चीका बिष्णु दुलालले बताउनुभयो ।


स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछी पाँचखाल नगरपालीकाको दमकलको सहायतामा आगोलागी नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । आगलागीका कारण तिनवटै पसलका सामानहरु नष्ट भएको उहाँले बताउनुभयो ।


आगो के कारणले लोगेको भन्ने प्रमाणित नभएको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

Leave a Reply