पहिरोका कारण वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा

* # समाचार समाज सिन्धुपाल्चोक

चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेमा गएरातिको अबिरल वर्षाका कारण पहिरो जाँदा वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा परेको छ ।

वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी र स्थानीय केशबलाल श्रेष्ठको तीन तले पक्की घर पनि पहिरोको चपेटामा परेको छ। घरको एउटा झ्याल र अगाडि रहेको फलाम तथा जस्ताले बनेको छाप्रोमा क्षति पुगेको र उक्त घरसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। स्थानीयवासीलाई थप सतर्कता अपनाउन अनुरोध गर्दै जोखिममा रहेका संरचनाहरूलाई सुरक्षित स्थानमा सार्न भनेको छ ।

Leave a Reply