रेडियो मिसन ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले प्रभावकारी सञ्चार संस्थाको उपस्थिती भएको स्थानको बिकासको गती अन्य ठाउँको तुलनामा बढी हुने बताउनुभएको छ । समाज रुपान्तरणको सवालमा होस या सामाजिक बिकाको सन्दर्भमा सञ्चार माध्यमको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
रेडियो मिसन १०५.३ मेगाहर्जको चौथो वार्षिकोत्सवको अवसमा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पोख्रेलले रेडियोले आजिवन र संरक्षित सदस्य बनाउने राम्रो कामको सुरुवात गरेको बताउनुभयो । यो सामुदायिक रेडियोको वास्तविक चित्र रहेको बताउँदै यस कार्यलेले रेडियोलाई आर्थिक पाटोमा सहयोग पुग्नुका साथै रेडियोको दियो पन र स्थायित्वको लागी पनि बल पुग्ने बताउनुभयो ।
लोकतन्त्रको लाभ नागरिक सामु पुर्याउने सञ्चार माध्यम मध्येको रेडियो अभिन्न माध्यम रहेको बताउँदै रेडियोले नागरिकलाई बिभिन्न बिपत तथा महामारीमा त्यसबाट जोगीने उपाय सिकाउने साथी बनेको समेत बताउनुभयो ।