बलेफी ।
बलेफी गाउँपालिका वडा नंं ५ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले एक भव्य समारोहका वीच बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
बाल बालिकामा गरेको लगानी, शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सुरु भएको यो अभियान बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल सहभागिता र संस्थागत विकासका ५१ वटा सूचक पूरा गरे सँगै बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष यादव ठकुरीले बताउनुभयो।
समारोहमा बालमैत्री वडा संगै बाल बिबाह मुक्त र बाल श्रम मुक्त घोषणा गरिएको ठकुरीले बताउनुभयो। १२ वटा बाल समूह र १ वटा वडा सतरीय बाल संजाल मार्फत विविध कार्यक्रम संचालन गर्दै बालमैत्री वडा घोषणा गरिएको हो ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ लगाएतकाले मन्तब्य राख्नुभएको थियो ।
वडालाई बालमैत्री घोषणा गरेकोमा गाउँपालिकाको तर्फवाट १ लाख रुपियाँ पुरस्कार वडालाई हस्तान्तरण गरिएको थियो । सभामा बालमैत्री घोषणा गर्न सहयोग गर्न पहल र प्रयत्न गर्ने स्वास्थ्य शाखा, शिक्षा शाखा लगाएतका संघ संस्था र व्यक्तिलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।
हाललाई वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको र बाकी वडाहरुलाई पनि क्रमश घोषणा गर्दै लगिने बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले बताउनुभयो ।



