पाटी भन्ज्याङमा पहिरो, बस्तीका दुई घर उच्च जोखिममा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची नगरपालिका वडा नम्बर ४ पाटिभन्ज्याङ बस्ती पहिरोका कारण जोखिममा परेको छ। एक हप्ता अगाडिदेखिनै उक्त स्थानमा पहिरो गएको र अहिले झन् पहिरोको आकार बढ्दै गएपछि जोखिम बढेको स्थानीय विश्वराम श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा उक्त स्थानमा भूस्खलन भएका कारण अहिले पहिरो जान थालेको स्थानीयले बताएका छन्। अहिले करिब चारवटा घर उच्च जोखिममा रहेको र सार्नुपर्ने अवस्थामा पुगेको स्थानीय श्रेष्ठले बताउनुभयो । पहिरोका कारण ठूलो थकनि मावि समेत जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।

पहिरोको वडा अध्यक्ष संजीव तामाङका साथै प्रदेश सभा सदस्य कुमारी तामाङले निरीक्षण गरि बस्ती संरक्षणका लागि सक्दो सहयोग गर्ने बताउनुभएको स्थानीयले बताएका छन् ।

पहिरो अहिले पनि बगिरहेको र उच्च जोखिममा रहेका बस्तीका दुईवटा घरहरूलाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक सुकदेव पाैडेलले जानकारी दिनुभयो ।

Leave a Reply