१२ वर्षमा पानी पलाउने नयाँपानीमा थाल्यो पानी पलाउन

* # समाचार समाज सिन्धुपाल्चोक

हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको छ ।
यहाँ २०६८ मा पलाएको पानी र ०६९ श्रावण महिनामा सुकेको थियोे । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयाे कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिकाे पहलमा  क्षमापुजा तथा विभिन्न धार्मिक अनुष्ठान कार्यक्रम गरिएको थियो ।

यस वर्ष माघ महिनामा पानी पलाएको र यो अनाैठाे दृष्टान्तले दैवी चामत्कारिक शक्तिको परिकल्पनामा बल मिलेको नयाँपानी क्षेत्र संरक्षण समितिका काेषाध्यक्ष बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

हिजोबाट पलाउन सुरु भएको पानी आज अलि बढेको र आगामी दिनमा अझै पलाउने बिश्वास गरिएको छ ।

Leave a Reply