नवलपुर , ईन्द्रावती गाउँपालिका अध्यक्ष कप चाैथाे रनिङशिल्ड फुटबल प्रतियाेगिता २०८२ काे उद्घाटन भएकाे छ ।
इन्द्रावती गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताकाे शुक्रवार गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र वडा नम्बर १० बीच हुनेछ ।
इन्द्रावती गाउँपालिकाकाे रंगशालामा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने छ भने गाउँपालिकाका ११ वटा वडाहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताका संयोजक शशिनाथ आचार्यकाे सभाध्यक्षता र गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे औपचारिक सुरूवात गरिएकाे हाे ।
कार्यक्रममा नेपाल सरकारका सहसचिव तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुवास चन्द्र सिवाकाेटीकाे विशेष आतिथ्यता रहेकाे छ । कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङ, खेलकुद मन्त्रालयका उपसचिव जगदिश पराजुली, ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख मधु खड्का, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। उद्घाटनकै दिन जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितामा विजेता टिमले १,००,००० (एक लाख) नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिता शान्तिपूर्ण र निष्पक्ष होस् भन्ने उद्देश्यले गाउँपालिकाले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिएको छ। प्रतियोगिता अवधिभर सशस्त्र प्रहरी बलको उपस्थिति रहनेछ ।